• २०७६ असोज ५ आइतबार

वाको युएसएमा ठकुरीलाई रजत पदक

विजय थापा 
टिभी अन्नपूर्ण, डिसी ।
गत शुक्रवार मे १७ का दिन एटलान्टिक सिटी न्युजर्सीमा सम्पन्न वर्ल्ड एसोसिएसन अफ किक बक्सिङ अर्गनाईजेसनद्वारा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ पटक गिनिज वर्ल्ड रेकर्ड उज्ज्वल ठकुरीलाई रजत पदक प्राप्त भएको छ ।

वाको युएसए को उक्त प्रतियोगितामा पोइन्ट फाइट (अंक युद्ध)र  ७४ केजी तौल भन्दा माथि ब्लाक बेल्ट (कालो फित्ताधारी) प्रदर्शनमा खेलमा उज्ज्वल ठकुरीले रजत पदक हासिल गरेका हुन् ।

उनी २९ वर्षीय मिलेर ओमारीसँग पराजित भएका हुन् । नासका अन्तर्गत राखिएको वाको युएसए खेल भनेको वर्ल्ड एसोसिएसन अफ किक बक्सिङ अर्गनाईजेसन हो । त्यसै गरी ठकुरीले नाशकाको सृजनात्मक कातामा कांस्य पदक हासिल गरेका छन् ।

ठकुरी भन्छन् 'हार जित भइरहन्छ ,म ४४ वर्ष उमेर भएकोले २९ वर्ष को युवासँग खेल्न मज्जा आयो ।' उनले दुई चोटि ढाल्न पनि पाएको बताए । 'यो अङ्कको खेलमा ढाल्न पाईदैन र जसले ढाल्छ खेल उसैले हार्छ । आफू अलिक उत्तेजित थिएँ ,अलिक नियन्त्रण गरेको भए बाजी मार्न सक्थे' उनले भने ।

नेपाली मूलका मध्ये अमेरिकामा वाको खेल्ने र रजत ल्याउने सम्भवतः आफू भएको बताए । 'पदक नजिती ओलम्पिकमा भाग लिँदैमा ओलम्पियन बन्ने आफ्नो रहर छैन' उनी भन्छन् । ठकुरीले आफ्नो शरीर जिउँदो रहुन्जेल, हात खुट्टा चलुन्जेल खेल खेलिराख्ने इच्छा भएको बताए ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार