• २०७६ जेठ १३ सोमबार

धुलोकै बीचमा लुम्बिनी भ्रमण वर्ष

शम्भु माली
टिभी अन्नपूर्ण, कपिलवस्तु ।

भैरहवा–लुम्बिनी–तौलिहवा सडक खण्ड बनाउने काम भइरहेकाले निक्कै सास्ती खेप्नु परिरहेको छ । सडक खनिएका कारण धुलो उड्दा आवतजावत गर्न समस्या भइरहेको छ । ४४ किमी लामो बाटो पुरै धुलाम्मे छ ।

धुलोको मुस्लो देख्दै डर लाग्छ । बाटोमा पैदल, साइकल र मोटरसाइकलमा हिड्नेहरु धुलोले पहेंलिएर चिन्नै सकिँदैनन् । १० मिनेट बाटोमा हिँड्यो भने पुरै शरीर र कपडा धुलाम्मे हुन्छ । उक्त बाटो अहिले कोही पनि हिँड्न मान्दैनन् । सडकमा यात्रा गर्नेहरूले हैरानी व्यक्त गर्छन् । धुलो छल्न मास्क लगाउँछन् , पट्टी बाँध्छन्, फेटा गुथ्छन् तर छोड्दैन धुलोले । चिन्नै नसक्ने गरी पच्छ्याउँछ । गन्तव्य पुग्न हतारिँदै धुलो मुस्लोभित्र पुग्छन् । निसास्सिँदै सास फेर्दा एक मुस्लो धुलोले सडकदेखि यात्रुहरूको फोक्सोसम्मको यात्रा पूरा गरिसक्छ । यो क्रम दोहोरिँदै जाँदा यात्रुहरूलाई अस्पतालसम्मको गन्तव्यमा पु-याई रहेको छ । 

भारतको गावर इन्डिया कन्ट्रक्सन लिमिटेडले उक्त सडकको ठेक्का लिएको छ । २ अर्बको लागतमा उक्त सडक स्तरोन्नति गर्न लागिएको हो । कन्ट्रक्सनले फेरी नेपाली व्यवसायीलाई पेटी ठेक्का दिएको छ । पुरानो पिच उप्काएर भैरहवा लुम्बिनी ४ लेन र लुम्बिनी तौलिहवा २ लेनको बाटो बनाईदैछन् । २० महिना अघिदेखि बाटो बनाउन थालिएको थियो । तर डेढ वर्ष यताबाट यात्रुले धुलोको त्रासदी खेप्नु परेको छ । सीमाको यो व्यस्त सडक हो । दैनिक यहाँ सर्वसाधारण, पर्यटक र भारतबाट आएका सवारी साधनको चाप हुन्छ । गाडीहरू धुलो उडाउँदै कुद्छन् । तीव्र गतिमा चल्ने हावाले धुलो परपर सम्म पु¥याएर प्रदूषित पार्छ । बाटोमा मात्र नभएर, आसपासका बस्तीहरू समेत नराम्रोसँग प्रभावित भएका छन् । तौलिहवाबाट भैरहवासम्म बाटोमा २० बढी बजार र बस्ती छन् । ‘होटेलमा धुलो पसेर हैरान भयो’ पकडीका व्यवसायी हरिराम गुप्ताले भने, ‘व्यापारै चौपट बनायो ।’ जति ढाकेपनि खानेकुरामा धुलो पर्छ । ग्राहक धुलो देखेर खानै मान्दैनन् । ‘बाटो छेउका घरमा घुलो पसेर हैरानी भयो’ लवनीकी गृहिणी शशिकला पाण्डेले भने, ‘सफा गर्दागर्दै आफै बिरामी परेँ ।’ बाटो छेउका विद्यालय पनि प्रभावित छन् ।

धुलो धुवाँले विद्यार्थीहरु पटक पटक बिरामी परेका छन् । कपडा छिट्टै फोहोर हुन्छ । सडक निर्माण गर्दा धुलो नियन्त्रणका लागि कुनै प्रयास गरिएको छैन । ‘यहाँ बस्ने र आइपुग्नेहरू विषादीयुक्त धुलो पान गरिरहेका छन् पक्डीका स्थानीय इसरार खाँले  भने, 'हामीले जवरजस्ती रोग निम्तियाईरहेका छौँ । जिम्मेवार निकाय मौन छ । नियम कानुन केही छैन । नेपालीको यस्तै बानीले दिर्घ रोगी बन्दै छौँ' उनले भने । धुलोका कारण गाउँका बासिन्दा बिरामी पर्न थालेका छन् । यातायातका साधन सञ्चालन हँुदा आवतजावतमा सजिलो भए पनि सडकको धुलोले आसपासका बासिन्दाको स्वास्थ्यमा असर पारिरहेको छ । सडकका धुलो अहिले सडक आसपासका रुख, बिरुवा, बालीनाली, घर, बजार र पानीका मुहानसम्म पनि पुगेको छ ।

‘धुलो उड्दै रुखका पातमा टाँसिन्छ’, चराविद् डा. हेम सागर बरालले फोन सम्पर्कमा भने, ‘त्यसैले रुखको राम्रो वृद्धि हुँदैन ।’ रोगी हुन्छ, मर्छ । त्यसैले वातावरणमा असर गर्छ । धुलोले वन्यजन्तु र चरालाई असर गरेको छ । श्वासप्रश्वास र आँखामा गरेको छ उनले भने यस्लेचरा छिटो बिरामी पर्छन् ।  ‘लुम्बिनीमा ढुक्कले सास फेर्न पाईदैन इसरार खाँले  भने, ‘अहिले आनन्दले हिँड्न पनि पाइदिइन । धुलोकै कारण ट्रकले अघि देख्न नसकेर गुरवनियामा मोटरसाईकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भयो उनले भने । हिँडडुल गर्न पनि उत्तिकै जोखिम छ' उनले भने । 'प्रदेश सरकार २०७६ लाई लुम्बिनी भ्रमण वर्ष मनाउँदै छ । बाटोले गर्दा भ्रमण वर्ष प्रभावकारी हुँदैन, तत्काल विकल्प खोज्नु पर्छ ।’ सन्देश पनि राम्रो जान्दिन । त्यसैले समयमा विचार गर्नु जरुरी छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार