• २०७६ जेठ १३ सोमबार

साइकलबाट लडेर विद्यार्थीको मृत्यु

विराटनगर,

विद्यालयमा पढेर घर फर्कदै गरेका विराटनगरका एक विद्यार्थीको आफैँले चलाएको साइकलबाट लडेर मृत्यु भएको छ। विराटनगर महानगरपालिका–१८ घर भएका १५ वर्षीय विक्रमकुमार अमातको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए। 

उनका अनुसार विराटनगर–१५ मा रहेको जनविकास माविको कक्षा ८ मा अध्ययनरत अमात दिउँसो १ बजे स्कुलबाट आफैं साइकल चलाएर घर फर्कदै थिए। साइकलबाट लडेर घाइते भएपछि उपचारका लागि न्युरो अस्पताल ल्याउन साथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार