• २०७६ भदौ ९ सोमबार

रुपन्देहीको शंकरपुर नाकामा गोली चल्यो, भारतीय नागरिक घाइते

रुपन्देही,
नेपाल भारत सिमामा पर्ने रुपन्देहीको शंकरपुर नाकामा गोली चलेको छ। भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका एक व्यक्तिलाई पक्राउ गर्ने क्रममा आक्रमण भएपछि प्रहरीले गोली चलाएको हो । 

हतियार कारोबारी आएको सुचनाको आधारमा प्रहरीको व्यारो टोली शंकरपुरमा पुगेको थियो । प्रहरीका अनुसार गोली लागेर घाइते भएका व्यक्तिलाई भारतीय पक्षले नै उठाएर लगेका छन् । प्रहरीले पक्राउ गर्न खोज्दा गुहार मागेपछि भारतीयहरु नेपाली सीमा क्षेत्रमा प्रवेश गरेर प्रहरीलाई आक्रमण गरेका थिए । भारतीयहरुको आक्रमणमा परी ३ जना प्रहरी घाइते भएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए । जवाफी कारवाहीमा प्रहरीले गोली चालएको डीएसपी भण्डारीले बताएका छन् ।

नेपाल  प्रहरीलाई उनीहरुले भाटै भाटाले हानेका एक प्रहरी अधिकृत बताए । प्रहरीको गोली लागेर घाइते भएका व्यक्ति भारतीय नागरिक हुन्। प्रहरीले १ जना भारतीयलाई हतियार सहित पक्राउ गरेको छ । पक्राउ परेका भारत महाराजगंज जिल्ला फरेन्दाका अन्दाजी ५२ वर्षका झिनक धोबी हुन्। प्रहरीले धोबीको साथबाट एउटा अटोमेटिक पेस्तोल बरामद गरेको छ। भोलि लुम्बिनीमा प्रधानमन्त्री आउने तयारी भईरहेका बेला  प्रहरी सुरक्षा कडा पारेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार