• २०७६ असोज ५ आइतबार

रुपन्देहीको शंकरपुर नाकामा गोली चल्यो, भारतीय नागरिक घाइते

नेपाल भारत सिमामा पर्ने रुपन्देहीको शंकरपुर नाकामा गोली चलेको छ। भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका एक व्यक्तिलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । सादा पोशाकका प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए। 

हतियार कारोबारी आएको सुचनाको आधारमा प्रहरीको व्यारो टोली शंकरपुरमा पुगेको थियो । जहाँ हतियार ल्याएका भारतीय गुहार गुहार भन्दै  चिच्काएपछि भारतीय टोली नै आएर नेपाल प्रहरीमाथि नै आक्रमण गरेको थियो। घटनामा नेपाल प्रहरीका ३ जना घाईते भएका छन् । प्रहरीको गोली लागेर घाइते भएका व्यक्ति भारतीय नागरिक हुन्। पक्राउ भारत महाराजगंज जिल्ला फरेन्दाका झिनक धोबी हुन्। प्रहरीका अनुसार गोली लागेर घाइते भएका व्यक्तिलाई भारतीय पक्षले नै उठाएर लगेका छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार