• २०७६ भदौ ९ सोमबार

फ्रेन्चाइजको नाममा मोनोपोली नहोस् : अर्थमन्त्री

पछिल्लो समय फ्रेन्चाइजले संसारभर बजार विस्तार गरेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले फ्रेन्चाइजको नाममा मोनोपोली खडा नगर्न सुझाएका छन् ।  बिहीबार नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना र भारतीय राजदूतावास तथा फ्रन्चाइज इन्डियाको सहकार्यमा काठमाडौँमा आयोजित नेपाल इन्डिया फ्रेन्चाइजी इन्भेष्टमेन्ट एक्स्पो एन्ड कन्क्लेभको अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

मन्त्री खतिवडाले उपभोक्तालाई विकल्प चाहिने भएकाले  कुनै पनि कुराको एकाधिकार हुन नहुने बताए । एउटै नाम राखेर ग्राहक झुक्क्याउने काम पनि भइरहेको उनले बताए । केएफसी नामका थुप्रै रेस्टुरेन्ट छन् यसमा उपभोक्ता झुक्किने गरेका छन्, उनले भने । केन्टुकी फ्राइड चिकेन र क्वालिडी फुड क्याफे यी दुवै केएफसीको नामले परिचित छन् । यसमा उपभोक्ताहरू झुक्किने गरेको छन् ।

त्यस्तै मन्त्री खतिवडाले नेपालमा लगानीको वातावरण बनिसकेको पनि दाबी गरेका छन् । उनले लगानीको वातावरण निर्माणका लागी नै वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन र एक द्वार प्रणाली कार्यान्वयनमा आएको जिकिर गरे ।

पर्यटन वर्ष २०२० मनाउन गइरहेको सन्दर्भमा उनले सेवा क्षेत्रसहित उद्योगमा लगानीका लागि सम्भावना रहेको बताए । लगानीका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराइएको भन्दै अर्थमन्त्री खतिवडाले ५ प्रतिशत ब्याजदरमा ऋण लिन सकिने र यसले लगानीकर्तालाई सहज हुने धारणा पनि राखे । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नयाँ विमानस्थलसहित विभिन्न १० वटा पाँचतारे होटेल निर्माण भइरहेको भन्दै लगानीका लागि नेपाल आकर्षक गन्तव्य भएको बताए । नेपाल र भारत बिच आपसी सम्बन्ध विस्तार र उद्यमशीलताको प्रवर्द्धन मार्फत विभिन्न ब्रान्डहरूमा लगानी गर्ने अवसरहरू सृजन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार