• २०७६ जेठ १३ सोमबार

विशेषज्ञ अस्पतालमै विशेषज्ञ चिकित्सक अभाव

प्रदेश ५ को विशेषज्ञ अस्पतालका रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सककै अभाव छ । चिकित्सक अभावका कारण उपचार सेवा प्रभावित भएको छ ।

विशेषज्ञ सेवाका लागि टाढा टाढाबाट आएका धेरै बिरामी उपचारका लागि पालो कुर्दा हैरान छन् । कतिपय बिरामी निशुल्क सेवा छोडेर निजीमा महँगो शुल्क तिरेर उपचार सेवा लिन बाध्य छन् ।  ५० जना विशेषज्ञको दरबन्दी रहेको अस्पतालमा १९ पद खाली छ । दरबन्दीका २ जना पनि काजमा काठमाडौं र पोखरा गएका छन् । विशेषज्ञ सेवा दिने डेन्टल सर्जन २ जनाको दरबन्दी पनि रिक्त छ । ४७ जना मेडिकल अधिकृतमध्ये ३७ जनाको ठाउँ खाली छ । अस्पतालमा कार्यरत १० मध्ये पनि ५ जना अध्ययन बिदामा तानिएका छन् । अस्पताललाई  १५ वटा विभागको विशेषज्ञ उपचार गर्नुपर्ने कार्यदेश छ ।

जनशक्ति नहुँदा मिर्गौला उपचार, फिसाब सम्बन्धी शल्यक्रिया, नशा तथा मानसिक रोग शल्यक्रिया विभाग सुरु नै भएको छैन । हाडजोर्नी विभाग छात्रवृत्तिमा आएका विद्यार्थीले चलाएका छन् । कतिपय सेवा हप्ताको एकरदुई दिन मात्रै चलेका छन् । अस्पतालका मेडिकल सुपरीटेण्ड डा। कृष्ण खनालले विशेषज्ञ अभावले कतिपय विभाग विशेषज्ञ चिकित्सक बिदामा बस्दा बन्द हुने बताए । चिकित्सक व्यवस्थापन गर्ने काममा सरकारले बेवास्ता गरेको उनले बताए ।

अस्पताल अहिले प्रदेश सरकारको जिम्मामा गएको छ । प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले संघीय सरकारको दरबन्दी मिलान पर्खेकाले चिकित्सक नथपेको बताए । अस्पतालमा प्रदेश ५ सहित आसपासका गरी १३ जिल्लाका करीब १ हजार बिरामी दैनिक आउने गरेका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार