• २०७६ भदौ ९ सोमबार

कारागारमा झडप : चार कैदीको मृत्यु, तीन दर्जन घाइते

अफगानिस्तानको पुल–ए–चार्खी कारागारमा लागूऔषधको कारोबार भएको सुचनापछि खानतलासी लिँदा भएको  झडपमा चार जना कैदीको मृत्यु भएको छ । अरु ३३ जना घाइते भएका छन् । झडपमा २० जना प्रहरी पनि घाइते भएका छन् ।

अफगानिस्तानको गृह मन्त्रालयका अनुसार कारागारभित्र प्रहरीले खानतलास गर्न थालेपछि हिंसा भड्किएको थियो । महान्यायाधीवक्ता कार्यालय र गृह मन्त्रालयको आदेशमा कारागारभित्र लागूऔषधको कारोबारका विषयमा खानतलासी गरिएको थियो ।

प्रहरीका अनुसार चार वटा कारागार भवनभित्र खानतलासी सुरु गर्दा प्रहरीमाथि केही कैदीले आक्रमण गरेका थिए । 

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेको थियो । कैदीहरुले प्रहरीका हतियार पनि खोस्ने प्रयास गरेको गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले बताए । सो घटनाका बारेमा छानबिन सुरु भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार