• २०७६ जेठ १३ सोमबार

एट्लेटिको मड्रिड छाड्ने ग्रिजम्यानको घोषणा, बार्सिलोना जाने सम्भावना

विश्व विजेता फ्रान्स तथा स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार खेलाडी एन्टोइनी ग्रिजम्यानले क्लब छाड्ने घोषणा गरेका छन् ।

उनले ट्वीटरमा भिडियो सार्वजनिक गर्दै क्लब छाड्ने घोषणा गरेका हुन् । ५ वर्षका लागि क्लबसँग सम्झौता गरेका उनले शनिबार राति लेभान्टेसँगको खेल नै आफ्नो क्लबका लागि अन्तिम खेल भएको बताए ।

 फ्रान्सका फरवार्ड ग्रिजमनलले एटलेटिको छाडेसँगै बार्सिलोनाले उनलाई अनुबन्धन गर्ने प्रस्ताव अगाडी सारेको छ । क्याटलान क्लबले १०४ मिलियन पाउन्डको प्रस्ताव गर्नेछ । एटलेटिकोले उक्त प्रस्ताव स्वीकार गरे २८ वर्षीय ग्रिजमन १ जुलाईमा बार्सिलोना प्रस्थान गर्नेछन् । ग्रिजमनको क्लब छाड्ने प्रस्तावलाई यसपटक क्लबले रोकेन । उनलाई गत सिजन पनि बार्सिलोनाले अनुबन्ध गर्ने प्रयास गरेको थियो । क्लबका अध्यक्ष मिगुएल एन्जल गिल र प्रशिक्षक डिएगो सिमोनीसँगको सल्लाहमै ग्रिजमनले क्लब छाड्ने घोषणा गरेका हुन् । अध्यक्ष गिल र प्रशिक्षक सिमोनीले उनको उज्जल भविष्यको कामना गरेका छन् ।

क्लब छाड्ने पक्का भएसँगै ग्रिजमनले सामाजिक सन्जालमा भिडियो पोस्ट गर्दै चोलो (सिमोनी) र अध्यक्ष गिललाई धन्यवाद व्यक्त गर्दै क्लब छाड्ने आफ्नो निर्णय सही भएपनि मलाई अर्को क्लबमा ठुलो चुनौती हुने बताएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार