• २०७६ भदौ ९ सोमबार

नेपाल टेलिकमद्वारा चितवनमा एफटीटीएच सेवाको शुभारम्भ

नेपाल टेलिकमले चितवनमा एफटीटीएचमार्फत उच्च गतिको डाटा र भ्वाइस सेवा शुभारम्भ गरेको छ । चितवनको सौराहामा एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले टेलिकमको एफटीटीएच सेवाको औपचारिक शुभारम्भ गरेका हुन् ।

दूरसञ्चार कार्यालय सौराहामा आयोजित सो कार्यक्रममा मन्त्री बास्कोटाले एफटीटीएच सेवामार्फत उपलब्ध भ्वाइस सुविधा प्रयोग गरी रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई टेलिफोन कल गरी सेवाको औपचारिक शुभारम्भ गरेका छन् । उक्त कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले यो वर्ष धेरै आयोजनाहरू कार्यान्वयनको क्रममा रहेकाले नेपाल टेलिकमका लागि समृद्धिको वर्ष हुने बताए । उनले सरकारको डिजिटल नेपालको लक्ष्यलाई साकार बनाउनका लागि कम्पनीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र कम नाफा हुने स्थानमा समेत कम्पनीका सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताएका छन् ।

शुभारम्भ कार्यक्रमका अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सरकारको सामाजिक, आर्थिक, शैक्षिक, प्राविधिक आदि क्षेत्रका नीतिलाई साकार बनाउन कम्पनीले पहल गरिरहेको र आगामी दिनमा समेत यो क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको पहुँच पु¥याउनका लागि सदैव अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा प्रदेश सभा सदस्य कृष्ण खनालले प्रविधिलाई जनतासँग जोड्न टेलिकमले खेलेको भूमिकाको सराहना गरे भने रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले सेवा सुविधा चुस्त दुरुस्त रूपमा प्रदान गर्न अनुरोध गरे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार