• २०७६ जेठ १३ सोमबार

नेप्सेमा १४ अंकको वृद्धि, कारोबार १ अर्बमाथि

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १४ दशमलव १२ अंकले बढेर १ हजार ३ सय १५ दशमलव ४५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

यसदिन १ सय ७० कम्पनीको ३१ लाख ६६ हजार ४६७ कित्ता शेयर खरिदबिक्री भई १ अर्ब ३ करोड ७२ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज नेपाल बैङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको छ । नेपाल बैङ्कको प्रतिकित्ता ३१४ रुपैयाँमा १० करोड ३१ लाख ४९ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

यस दिन सर्वाधिक कमाउनेमा राष्ट्रिय विमा कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा १० प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य आज ७ दशमलव ५५ प्रतिशतले घटेको छ । 

मङ्गलबार व्यापारबाहेक सबै परिसूचकमा हरियाली छाएको छ । बैङ्क तथा वित्त, जलविद्युत्, बिमा, उत्पादन, लघुवित्तलगायत सबैको सेयर मूल्य बढेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार