• २०७६ असार ५ बिहीबार

राष्ट्र बैङ्कले ८ अर्ब रुपैयाँको विकास ऋणपत्र विक्री गर्ने

नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँको विकास ऋणपत्र विक्री गर्ने भएको छ । सात वर्षे अवधिको यो ऋणपत्रको २०८३ जेठ एक गते परिपक्व हुने छ । ऋणपत्र खरिद गर्न बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

यसका लागि साउन बैशाख ३१ गते ३ बजेसम्म बोलकबोलको समय तोकिएको छ । ऋणपत्रमध्ये ८० प्रतिशत प्रतिस्पर्धी र २० प्रतिशत अप्रतिस्पर्धीका लागि छुट्याइएको छ । बैंक तथा वित्तीय संस्थाले प्रतिस्पर्धी समूहबाट मात्र आवेदन दिन पाउनेछन् ।

खरिदकर्ताले घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकको ऋणपत्र खरिद गर्न सक्ने छन् । बोलकवोलवालाले आफुले कबोल गर्न चाहेको ब्याजदर उल्लेख गरी आवेदन दिनु पर्ने छ ।

ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने छ भने ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाइने छ । सरकारले १६ दिन भित्रमा ८६ अर्ब बराबरको आन्तरिक ऋण उठाउँदै छ । सोही अनुसार मंगलबार ८ अर्ब बराबरको विकास ऋणपत्र विक्री गर्न लागेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार