• २०७६ भदौ ९ सोमबार

चलचित्र रमिताको ‘बनैमा चरी’ नामक गीत बजारमा (भिडियो सहित)

निर्देशक रंजित कुमार क्षेत्रीले निर्देशन गरेको चलचित्र रमिताको ‘बनैमा चरी‘ नामक गीत सार्वजनिक भएको छ ।

म्युजिक नेपालको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको गीतले व्यापक चर्चा  पाउने क्रम जारी छ । सांगीतिक बजारमा नेपाली लोकदोहोरीले कब्जा जमाइरहेको बेला लोक शैलीमा तयार पारिएको यो गीतले वर्चस्व जमाउने कुरामा कुनै शंका छैन । नेपाली लोकदोहोरीका शीर्ष हस्तीहरु विमलराज क्षेत्री, प्रलाद सुवेदी, रंजित कुमार क्षेत्रीको संलग्नताले गीतमा सुनमा सुगन्ध थपेको छ ।

विमलराज क्षेत्रीलाई अर्की चर्चित गायिका जुनु रिजाल काफ्लेले साथ् दिएकी छिन् । नायक दिलिपराय माझी र नायिका केकी अधिकारीको दमदार नृत्यले भिडियो पक्षलाई अझै मजबुत बनाएको देखिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार