• २०७६ जेठ १३ सोमबार

नेपाली राष्ट्रिय सम्मेलन  बाल्टिमोरमा जुलाई ५ देखि ७ सम्म हुने 

विजय थापा,
टिभी अन्नपूर्ण, डिसी । 
अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा नेपाली नेसनल कन्भेन्सन अर्थात् नेपाली राष्ट्रिय सम्मेलन जुलाई ५ देखि ७ सम्म हुने भएको छ । केही समय अगाडी यही सम्मेलनको लागि संस्थाका पदाधिकारीहरूले समुदायसँग राय, सल्लाह, सुझाव लिएका थिए ।

गत वर्ष सिकागोमा ३ वटा संस्थाहरू एएनए ,आन्मा र नासाको आयोजनामा संयुक्त रूपमा नेपाली राष्ट्रिय सम्मेलन नाम दिई सफलता पूर्वक सम्पन्न गरेको थियो । त्यसलाई निरन्तरता दिँदै यस पटक डिसी महानगर क्षेत्रको बाल्टिमोरमा एएनए, आन्मा र बाल्टिमोरको बाना संस्थाको संयुक्त आयोजनामा नेपाली राष्ट्रिय सम्मेलन गर्ने भएका हुन् । 

सम्मेलन हुन करिब दुई महिनाको अवधि रहेकोले त्यसको तयारीको लागि बाल्टिमोरमा होटेल ९अतिथि गृह० को निश्चित गरिएको जानकारी नेपाली राष्ट्रिय सम्मेलनका सभापति विजय श्रेष्ठले दिएका छन् । 

सम्मेलन स्थल होटेल रेड लायन रहेको छ । सम्मेलन नेपाली नेसनल कन्भेन्सन २०१९ ले गर्ने छ भने बाल्टिमोर सम्मेलनको आतिथ्य बानाले गर्ने छ । बानाका अध्यक्ष सुबोध विलास पन्त संयोजक रहेका छन् । यसै गरी नेपाली राष्ट्रिय सम्मेलनको संरक्षकमा महा वाणिज्य दूत प्रेम राजा महत रहेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार