• २०७६ असोज ५ आइतबार

अध्ययन भन्छ : डक्टरले प्रयोग गर्ने सेतो कोटमा पनि हुन्छ रोगको किटाणु

डक्टरसँग भेट्न जाँदा बिरामीले आफ्नो स्वास्थ्यको ख्याल राख्नका लागि सकभर सबै प्रयास गर्ने गर्छन् ।  बिरामीदेखि लिएर औषधि सम्म सबै कुराको बारेमा जान्न चाहन्छन् । तर, सायदै कसैले डक्टर र अन्य स्वास्थ्यकर्मीको लुगमाथि ध्यान दिने गर्छन् होला । प्रायःजसो मानिसले डाक्टरले प्रयोग गर्ने सेतो कोटलाई निकै सफा र स्वच्छ सम्झन्छन् । तर, हालै गरिएको एक अध्ययन अनुसार डाक्टरले प्रयोग गर्ने सेतो कोटमा विभिन्न प्रकारका हानिकारक किटाणु पाइन्छ ।

अमेरीकामा एक सिस्टमेटिक रिभ्यू अनुसार डक्टरको सेतो कोटमा प्रायः जसो अवस्थामा विभिन्न प्रकारका ड्रग रेसिस्टेन्ट ब्याक्टेरिया पाइन्छ । डक्टरको कोटमा विभिन्न प्रकारका ब्याक्टेरिया पाइन्छ जसले गम्भिर किसिमका छाला र रगतको संक्रमण र निमोनिया जस्ता खतरनाक रोग लाग्न सक्छ । डक्टरको कोट मात्रै होइन डाक्टरले प्रयोग गर्ने स्टेथोस्कोप, फोन र नर्सको लुगामा खतरनाक किटाणु हुन्छ । जसले तपाईंलाई सहजै रोगको चपेटामा लिन सक्छ । 
 

यस समस्याबाट जोगिने कसरी ?

अध्ययनका अनुसार एन्टीमाइक्रोबियल टेक्सटाइलको प्रयोगले केहि हदसम्म केहि प्रकारका किटाणुबाट जोगिन सकिन्छ । यस्ता लुगालाई दिनहुँ धुनुपर्छ । जसले केहि हदसम्म किटाणु सर्ने सम्भावना कम हुन सक्छ । उसो त अध्ययनका अनुसार यस्ता लुगामा केहि समयमै फेरि किटाणु आउन सक्छ ।   अमेरीकी फिजिशियनहरुमाथि गरिएको एक अध्ययनमा डक्टरहरुले प्रयोग गर्ने कोटलाई एक हप्तासम्म धुदैनन् । १७ प्रतिशत डक्टरहरु करिब एक महिनासम्म आफ्नो कोट नधुने गरेको पाइयो । लण्डनमा पनि यस विषयमा गरिएको अध्ययनमा डक्टरहरुको कोट र टाईलाई लिएर पनि यस्तै तथ्य बाहिर आएको थियो ।   (एजेन्सीको सहयोगमा)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार