• २०७६ भदौ ४ बुधबार

रवी ओडले ल्याए पहिलो म्युजिक भिडियो

काठमाडौं– दोस्रो नेपाल आइडल रवि ओडले आफ्नो सांगीतिक जीवनकै पहिलो औपचारिक गीतको म्युजिक भिडियो दर्शक तथा स्रोतामाझ ल्याएका छन् । शुक्रवार यूट्युबमार्फत सार्वजनिक भएको ‘मिठो बोलीले।।।’ गीतको भिडियोले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ ।

नृत्यपरक गीतमा हरि लम्सालको संगीत तथा कृष्ण केसीको शब्द रहेको छ । गीतको भिडियो निकै आकर्षक बनेको छ । शिव विकको कोरियोफी तथा निर्देशन रहेको भिडियोमा अभिनेत्री एलिशा राई तथा गायक रवि ओडनै फिचर्ड छन् । सुप्रिम पराजुलीले उक्त भिडियोलाई सम्पादन गरेका हुन् । रामेश्वर कार्की भिडियोका छायाँकार हुन् ।

भक्तपुर दरवार स्क्यावरको आकर्षक लोकेशनमा छायाँकन गरिएको भिडियोमा करिव ६० जना कोरस कलाकारको प्रयोग गरिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार