• २०७७ असोज ८ बिहीबार

गोंगबु हत्या काण्डमा ५० लाखको कनेक्सन, कल्पना र कृष्णको के थियो सम्वन्ध ?

९ महिनादेखी होटलमा बसेका कृष्ण केहिदिन कल्पनासँगै बस्ने योजनामा थिए

गोंगबु हत्या प्रकरणमा पक्राउ परेकी कल्पना शाही र मृतक कृष्ण बहादुर बोहोराबीच आर्थिक लेनदेनको सम्बन्ध रहेको प्रहरीले अनुसन्धाबाट अनुमान गरेको छ ।

अनुसन्धान संलग्न अधिकृतहरुका अनुसार बोहोराले आफन्तसँग एक जनाले आफूलाई ५० लाख रुपैयाँ दिनुपर्ने भएको बताएका थिए । उनले उक्त व्यक्तिसँग धेरै प्रयासपछि सम्पर्कमा आएको र शनिबार भेट्ने तय भएको पनि आफन्तलाई बताएको प्रहरी स्रोतले जनाएको छ ।  कृष्णबहादुर पछिल्लो ९ महिनादेखि मित्रनगरस्थित एक गेस्ट हाउसमा बस्दै आएको खुलेको छ । शनिबार गेस्ट हाउसका मालिकलाई आफूले खाना बाहिर खाने र केहि दिन नआउनसक्ने भन्दै बाहिर निस्केको प्रहरीले बताएको छ ।

प्रहरीले होटलबाट बोहोराको नागरिकता, एटीएम कार्ड लगायत पनि बरामद गरेको छ । महिला र बोहोराको सम्बन्ध लेनदेन मात्र हो वा अन्य केही थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

आइतबार बिहान गोंगबुको गणेशस्थान नजिकै सुटकेसभित्र टाउको नभएको शव फेला परेको थियो । टाउको र खुट्टा कुकुरको सहायताले ५ सय मिटर टाढा प्लाष्टिकमा राखेर जेब्रामा हालेर फालेको अवस्थामा भेटिएको थियो । शव पहिचान गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो । 

गोंगबु हत्या प्रकरणमा चितवनबाट पक्राउ परेकी कल्पना शाही र मृतक कृष्ण बहादुर बोहोराबीच आर्थिक लेनदेनको सम्बन्ध रहेको प्रहरीले अनुसन्धाबाट अनुमान गरेको छ ।

अनुसन्धान संलग्न अधिकृतहरुका अनुसार बोहोराले आफन्तसँग एक जनाले आफूलाई ५० लाख रुपैयाँ दिनुपर्ने भएको बताएका थिए । उनले उक्त व्यक्तिसँग धेरै प्रयासपछि सम्पर्कमा आएको र शनिबार भेट्ने तय भएको पनि आफन्तलाई बताएको प्रहरी स्रोतले जनाएको छ । कृष्णबहादुर पछिल्लो ९ महिनादेखि गोंगबु मित्रनगरस्थित नर्सिङ धाम गेष्ट हाउसमा बस्दै आएको खुलेको छ । शनिबार गेस्ट हाउसका मालिकलाई आफूले खाना बाहिर खाने र केहि दिन नआउनसक्ने भन्दै बाहिर निस्केको प्रहरीले बताएको छ ।

कृष्णको हत्यामा पक्राउ परेकी कल्पना शाहीका तीन बच्चा छन् । उनका एक छोरा र एक छोरीसँगै बस्थे भने उनकी एउटी छोरीको विवाह भैसकेको छ । कल्पनाको एउटा कोठा र बाथरुममा रगत देखिएको छ । कृष्णबहादुरलाई पहिले विष खुवाएर मारेपछि घाँटी र खुट्टा काटेको अनुसन्धानमा संलग्न एकजना उच्च प्रहरी अधिकृतले टिभी अन्नपूर्णलाई बताएका छन् । मृतकको पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ ।

कल्पनाले शनिबार राति नै शव व्यवस्थापन गरेको भएपनि आइतबार साँझ मात्रै काठमाडौँबाट चितवन हिँडेको प्रहरीले बताएको छ । उनले घरमा ससुरा बिरामी भएको भन्दै चितवन गएको नाम नबताउने सर्तमा एक छिमेकीले टिभी अन्नपूर्णलाई बताएकी छन् । 

प्रहरीले होटलबाट बोहोराको नागरिकता, एटीएम कार्ड लगायत पनि बरामद गरेको छ । महिला र बोहोराको सम्बन्ध लेनदेन मात्र हो वा अन्य केही थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

आइतबार बिहान गोंगबुको गणेशस्थान नजिकै सुटकेसभित्र टाउको नभएको शव फेला परेको थियो । टाउको र खुट्टा कुकुरको सहायताले ५ सय मिटर टाढा प्लाष्टिकमा राखेर जेब्रामा हालेर फालेको अवस्थामा भेटिएको थियो । शव पहिचान गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो । 

गोंगबु हत्या प्रकरणका आरोपी चितवनबाट पक्राउ

गोंगबुमा सुटकेशमा भेटिएको शव रोल्पाको कृष्ण बहादुरको भएको खुल्यो (भिडियो)

शवको सनाखत हुन नसकेपछि सहयोग गर्न प्रहरीको अपील 

गोङ्गबुमा सुटकेशमा टाउकोविनाको शव फेला, टाउको ७ सय मिटर पर (भिडियोसहित)

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार