• २०७७ असोज ८ बिहीबार

गोंगबु हत्या प्रकरणका आरोपी चितवनबाट पक्राउ

गोंगबुमा आइतबार भेटिएको शव रोल्पाको कृष्ण बहादुर बोहोराको भएको खुलेसँगै उनका हत्या आरोपी पनि पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार बोहराको हत्या गर्ने कल्पना शाहीलाई चितवन टाँडीस्थित माधवपुरबाट पक्राउ गरिएको हो । उनलाई प्रहरीले काठमाडौं ल्याउँदै गरेको सुचना टिभी अन्नपूर्णलाई प्राप्त भएको छ । प्रहरी उच्च स्रोतका अनुसार अपराध भएको कोठामा बस्ने महिला पक्राउ परेकी हुन् ।

प्रहरीले सोमबार दिउँसो हत्या भएको घर समेत पत्ता लगाएर घरमा छापा मारेको छ । टोखा नगरपालिका १० स्थित नवज्योती मार्ग घर नं. २८ भएका झापाका किरण बस्नेतको घरको तेस्रो तलामा घटना भएको आशंकामा प्रहरीले घरमा छापा मरेको छ ।

आइतबार बिहान गोंगबुको गणेशस्थान नजिकै सुटकेसभित्र टाउको नभएको शव फेला परेको थियो । टाउको र खुट्टा कुकुरको सहायताले ५ सय मिटर टाढा प्लाष्टिकमा राखेर जेब्रामा हालेर फालेको अवस्थामा भेटिएको थियो । शव पहिचान गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो । 

गोंगबुमा सुटकेशमा भेटिएको शव रोल्पाको कृष्ण बहादुरको भएको खुल्यो

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार