• २०७७ श्रावण २७ मंगलबार

अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा चार चिकित्सक पक्राउ

कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित चारजना पक्राउ परेका छन् । उनीहरुलाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले आज साँझ पक्राउ गरेको हो । स्रोतका अनुसार अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका अभियोगमा प्रहरीले चार जना डाक्टरहरुलाई पक्राउ गरेको हो।

कलेजका निर्देशक मनोहर प्रधानका अनुसार एक वर्षअघि गरिएको मिर्गौला प्रत्यारोपणका विषयमा प्रमुख कार्यकारी निर्देशक डा सुप्रभात श्रेष्ठ, डा बालकृष्ण कालाखेती, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल र कानूनी सल्लाहकार रमेश काफ्लेलाई सोधपुछका लागि ब्यूरोले नियन्त्रणमा लिएको छ । कलेजको मानव अङ्ग प्रत्यारोपण समितिमा पाँचजना सदस्य रहेका छन् । 

उनीहरुबाहेक समितिका सदस्य सर्जन डा राकेश बर्मा भने आज फेला नपरेको प्रहरी स्रोतले जनाएको छ । एक वर्षअघि काठमाडौँका एक व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको थियो । भान्जा नाता प्रमाणित गरेर ल्याइएका एक युवकले उनलाई मिर्गौला दिएका थिए । त्यसको अनुसन्धानका क्रममा प्रहरीको अपराध अनुसन्धान ब्यूरोले उनीहरुलाई पक्राउ गरेको हो । हालसम्म सो मेडिकल कलेजले चार जनाको मृगौला प्रत्यारोपण गरेको जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार