• २०७७ श्रावण २७ मंगलबार

म्याग्दी पहिरो अपडेट : १३ जनाको शव भेटियो, १९ अझै बेपत्ता

म्याग्दीमा पहिरोमा पुरिएका १३ जनाको शव भेटिएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि खसेको पहिरोमा पुरिएकामध्ये १३ जनाको शव भेटिएको र अन्य १९ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएका धवलागिरी गाउँपालिका वडा नं. ६ मराङ, दमका चिहानडाँडाका तुलबहादुर क्षेत्री, सुकुना लामगादे, आशिष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, कल्लेनीका नजिमा केसी, प्रकाश केसी र सविनको शव फेला परेको प्रहरीले जनाएको छ । मालिकाकै वडा नं ६ दुखुमा खोलाले बगाएर बेपत्ता भएका ३४ वर्षका ललितमान छन्त्यालको शव पनि भेटिएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएर मराङका ६ जनाको उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको र बेपत्ता सोही ठाउँका १० जना र मालिका गाउँपालिकाको विमका ६ जनाको खोजी कार्य जारी रहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।

बाढीपहिरोमा परेर बेपत्ता भएकाहरूको खोजीकार्य सुरु गरिएको छ । पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि बेनीबाट नेपाली सेनाको टोली ३ पटकसम्म हेलिकप्टरबाट र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल स्थलमार्ग हुँदै जान प्रयास गरेपनि मौसमी प्रतिकूलताका कारण जान नसकी फर्किएका छन् । 

पहिरोका कारण धवलागिरी गाउँपालिकाको मराङमा २०, ताकममा ५ र बिममा १० घर पहिरोमा पुरिएका छन् । मालिका गाउँपालिका–४ देवीस्थानमा पनि ५ घरमा पहिरोले क्षति पुर्‍याएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार