• २०७७ श्रावण २७ मंगलबार

महानिरीक्षकलाई बधाई दिन प्रधान सेनापति नक्सालमा

प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई शुक्रबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा पुगेर बधाई एवम् शुभकामना दिएका छन् ।

प्रहरी महानिरीक्षकलाई बधाई तथा शुभकामना दिन प्रधान सेनापति प्रहरी प्रधान कार्यालय पुगेको यो विरलै घटना हो । मर्यादाक्रम अनुसार, प्रधानसेनापति सरकारको मुख्यसचिव र महानिरीक्षक सचिव सरह हुने व्यवस्था छ ।

यसअघि नवनियुक्त प्रधानसेनापतिलाई बधाई दिन प्रहरी महानिरीक्षकहरू सैनिक मुख्यालय भद्रकाली जाने प्रचलन छ । तर, यस पटक प्रधान सेनापति थापा पुरानो परम्परालाई तोड्दै आफै प्रहरी मुख्यालय पुगेका हुन् ।

त्यस अवसरमा प्रधान सेनापति थापाले महानिरीक्षक क्षेत्रीलाई सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई दिएका छन् । भेटमा दुई संगठन बीच आपसी हित, सहकार्य र समन्वयबारे समेत छलफल भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार