• २०७७ श्रावण २७ मंगलबार

म्यानपावर नवीकरणका लागि बाधा अड्काउ फुकाइने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले म्यानपावर नवीकरणका लागि बाधा अड्काउ फुकाउने प्रस्ताव अघि बढेको बताएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले विभिन्न कारण व्यवसाय ठप्प रहेकाले एक आर्थिक वर्षका लागि नवीकरण गराउने व्यवस्था मिलाउने बताएका हुन् ।

वैदेशिक रोजगार ऐन २०६४ मा केही नेपाल ऐन संशोधनका लागि बनेको ऐन २०७५ ले थप गरेको दफा १३ (२) ले  पछिल्ला दुई आर्थिक वर्षमा १०० कामदार पठाउन नसक्ने म्यानपावर स्वतः खारेज हुने व्यवस्था गरिएको थियो, तर कोरोनाका कारण म्यानपावर क्षेत्र पनि समस्यामा परेको भन्दै सरकारले इजाजत खारेज हुने व्यवस्था हटाउन वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्ने निर्णय गरेको हो । मन्त्री यादवले नवीकरणका सम्बन्धमा पहिले नै कानुन बनेको भन्दै कानुनलाई नै टेकेर आवश्यक निर्णय हुने धारणा पनि राखेका छन् ।

त्यस्तै उनले वैदेशिक रोजगार बोर्डमा कैलाश खड्कालाई सदस्यमा गरिएको मनोनयन बिधिसम्मत गरेको जानकारी दिएका छन् । विज्ञको रूपमा मन्त्रालयको रेकर्डमा रहेको र अदालतबाट क्लिन चिट पाएकाले नियुक्त गरेको उनको भनाई छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार