• २०७७ श्रावण २७ मंगलबार

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३५ पुग्यो, दर्जनबढी बेपत्ता

निरन्तर वर्षाका कारण उद्दार गर्न कठिन

बाढी र पहिरोका कारण मुलुकभर ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ । अविरल वर्षापछि आएको बाढी पहिरोमा पुरीएर म्याग्दीमा १४, कास्कीमा ७, लमजुङमा ३, रूकुम पश्चिममा २, जाजरकोटमा ७ र सिन्धुपाल्चोकमा २ जनाको ज्यान गएको हो । पहिरोमा परी हालसम्म दर्जनौंबढी हराइरहेका छन् ।

 म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको रिखामा गएको पहिरोमा १३ जनाको शव भेटिएको र १९ जना बेपत्ता भएको म्याग्दीका जिल्ला प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ गैरेले पुष्टि गरेका छन् । पहिरोमा पुरिएका धवलागिरी गाउँपालिका वडा नं. ६ मराङ, दमका चिहानडाँडाका तुलबहादुर क्षेत्री, सुकुना लामगादे, आशिष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, कल्लेनीका नजिमा केसी, प्रकाश केसी र सविनको शव फेला परेको प्रहरीले जनाएको छ । मालिकाकै वडा नं ६ दुखुमा खोलाले बगाएर बेपत्ता भएका ३४ वर्षका ललितमान छन्त्यालको शव पनि भेटिएको प्रहरीले जनाएको छ ।

यस्तै जाजरकोटमा अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर ५ जना बेपत्ता भएका छन । जिल्लाको बारेकोट गाउँपालिका ४ सार्की गाउँका तीन परिवारका १२ जनामध्ये ७ जनाको शव भेटिएको र ५ जना बेपत्ता भएका हुन् । जाजरकोटका प्रहरी प्रमुख किशोर श्रेष्ठका अनुसार भारी बर्षातका कारण उनिहरुको खोजीकार्य समेत प्रभावित भएको छ । 

कास्कीमा पहिरोमा पुरीएर ७ जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा घरमाथिबाट आएको पहिरोले घरपुरिँदा घरधनी ५० वर्षीय टङ्कबहादुर थापा, निजकी श्रीमती ४५ वर्षीया सोममाया थापा, तनहुँ दमौलीका आठ वर्षीय शीतल श्रेष्ठ, ११ वर्षीया इशिका थापामगर र ६ वर्षीय सुवान थापाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका छन् ।

त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजाको मेलबोटमा पहिरोले घर पुरिँदा ७० वर्षीय हिमकली अधिकारी र पोखरा–२६ पैतेडाँडामा घर पुर्दा ३५ वर्षीय दुर्गाबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । ब्लकले बनेको दुईकोठे घरसँगै पुरिएका उनका पत्नी, एक छोरा र एक छोरीको उद्धार गरिएको छ ।

यस्तै लमजुङ जिल्लाको बेँसीशहर नगरापलिका–७ सातबिसेस्थित पहिरोले घर पुरिँदा घरधनी ३२ वर्षीय दीपक तामाङ, निजकी श्रीमती २६ वर्षीय बिमाया तामाङ र ९ वर्षीय छोरा छैवाङ तामाङको मृत्यु भएको हो । सोही पहिरोका घाइते तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

गएराति नै लमजुङको क्व्होलासोथार गाउँपालिका वडा नम्बर ३ का तुलबहादुर गुरुङको घर पहिरोमा पुरिँदा तुलबहादुरकी बुहारी र एक जना बच्चा घाइते भएको लमजुङ प्रहरीले  जनाएको छ ।सिन्धुपाल्चोकमा पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी भईरहेपनि फेला पार्न सकेको छैन ।

देशभर भएका बाढीको बितण्डाका भिडियोहरु हेर्नुहोस 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार