• २०७७ श्रावण २७ मंगलबार

टिकटकमाथि प्रतिवन्ध लगाउन अष्ट्रेलियाली सांसदहरूको माग

विवादमा पर्दै आएको टिकटक एपलाई अष्टे«लियामा पनि प्रतिबन्ध लगाइनुपर्ने भन्दै आवाज उठाइएको छ । अष्टे«लियाका सांसदहरुले नै देश भित्र टिकटक प्रतिबन्ध लगाउन माग गरेका हुन् । उनीहरुले टिकटकबाट सूचनाहरुमा खतरा रहेको भन्दै प्रतिबन्ध लगाउनुपर्ने तर्क गरेका थिए । 

यस चिनियाँ एपमार्फत् चीन सरकारले अष्टे«लियाका नागरिकहरुको विवरण लिनसक्ने भन्दै उनीहरुले टिकटक प्रतिबन्ध लगाउनु पर्नेमा जोड दिएका हुन् । अष्टे«लियाका उदारवादी सिनेटर जीम मोलानले टिकटकलाई चिनियाँ सरकारले प्रयोग र दुरुपयोग गरिरहेको आरोप लगाए ।

त्यसैगरी लेबर पार्टीका सिनेटर जेन्नी म्याकअलिस्टरले पनि सामाजिक सञ्जाल मार्फत अष्टे«लियाका नागरिकहरुको सूचना बाहिरिनसक्नेतर्फ ध्यानाकर्षण गराए । तर सुचना चोरी भएको आरोपलाई टिकटक एपको कम्पनीले भने कुनै दुरुपयोग हुने सम्भावना नरहेको दावी गरेको छ । कम्पनीले टिकटकमा कुनै विवरण भण्डारण हुने व्यवस्था नरहेको जनाएको  छ । 

यसअघि भारत र चीनबीच सीमा विवादका कारण सम्बन्धमा दरारहरु पैदा भएपछि भारतमा टिकटक प्रतिबन्ध गरिएको थियो ।  भारतमा पछिल्लो समय चिनियाँ सामाग्रीहरुलाई प्रतिबन्ध लगाउने प्रबृत्ति बढेको छ । भारतले टिकटकसहित दर्जनौँ चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ ।

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै भारत सरकारले ती एपहरुमा प्रतिबन्ध लगाएको बताएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार