• २०७७ असार २६ शुक्रबार

महाराष्ट्रले दियो छायांकनका लागि अनुमति, कलाकारहरु सुटिङमा व्यस्त

बलिउड अभिनेता अक्षय कुमारले यो साता एउटा विज्ञापनको छायांकन गरेका छन् । भारतको महाराष्ट्र सरकारले उनलाई छायांकनका लागि अुनमति दिएको हो । अक्षय कुमार मात्र हैन, अहिले अमिताभ बच्चनदेखि अरू सिनेकर्मीहरूले पनि विभिन्न छायांकन सुरक्षित रूपमा गरिरहेका छन् । सानो र छरितो युनिट बनाएर उनीहरूले छायांकन थालेका हुन् ।

महाराष्ट्र राज्य सरकारले विभिन्न सर्त राख्दै विभिन्न स्थानमा छायांकनका लागि अनुमति दिएको छ । सो सर्तअनुसार कुनै पनि छायांकन गर्दा सेटमा ३३ जनाभन्दा बढी व्यक्ति सहभागी हुन पाइनेछैन । सुटिङको लागि महाराष्ट्र सरकारले १६ पेज लामो नियम पुस्तिका बनाएको छ । सो पुस्तिकाअनुसार छायांकनको समयमा मास्क लगाउनुपर्ने, छायांकन सेटमा डाक्टर र नर्स अनिवार्य हुनुपर्ने, छायांकन सेटमा सामाजिक दूरी कायम गर्नुपर्ने, छायांकनको समयमा भिड जम्मा गर्न नपाइने, मेकअप म्यानले पीपीई लगाएर मात्रै मेकअप गर्न पाउने, गर्भवती कलाकारलाई छायांकनमा ल्याउन नपाइने नियम छ ।

यस्तै, ६५ वर्षभन्दा माथिका कलाकार वा अन्य क्रु सदस्यलाई छायांकनमा काम गराउने नपाइने, रुघा, खोकी, ज्वरो आएकालाई सुटिङमा राख्न नपाइनेजस्ता थुप्रै नियमहरू रहेका छन् । यस्ता नियम पालना नगरेमा सुटिङ रद्दसँगै कानुनी कारबाही राज्यसरकारले गर्नेछ ।

सुटिङका लागि निर्माताहरूले महाराष्ट्र फिल्म, थिएटर, कल्चरल डेभलपमेन्ट कर्पोरेसन, दादा साहेब फाल्के चित्र नगरीका साथै मुम्बई बाहिर छायांकनका लागि जिल्ला कलेक्टरको अफिसमा आवेदन दिएर अनुमित लिएपछि मात्र तोकिएको ठाउँमा छायांकन गर्न पाउनेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार