• २०७७ असार २६ शुक्रबार

कोरोना भाइरसबाट विश्वभर एकै दिन १ लाख १५ हजारबढी संक्रमित

कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी संक्रमित भएका छन् । एके दिनमा विश्वभरमा १ लाख १५ हजार ८ सय ७६ जना नयाँ संक्रमित भेटिएसँगै संक्रमितको संख्या ५९ लाख कटेको छ ।

अहिलेसम्म कुल ५९ लाख ४ हजार ६५८ जना यस भाइरसबाट संक्रमित भएको तथ्यांक संकलक वल्र्डवमिटरडटकमले जनाएको छ । साथै मृत्यु हुनेको संख्या ३ लाख ६२ हजार १० पुगेको छ । संक्रमितको संख्या बढ्दै जाँदा कोरोना भाइरसलाई जित्नेको संख्यामा पनि वृद्दि भएको छ ।

२५ लाख ७९ हजार ६२९ जना निको भएर घर फर्केका छन् भने निको र मृत्यु हुनेबाहेक अहिले सक्रिय संक्रमितको संख्या २९ लाख ६३ हजार १९ रहेको छ । तीमध्ये ५३ हजार ९ सय ७५ जना गम्भीर बिरामी रहेका छन् ।

कोरोनाभाइरसबाट सबैभन्दा बढी अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । अमेरिकामा हालसम्म १ लाख ३ हजार ३ सय ३० जनाको कोरोनाबाट ज्यान गइसकेको छ । साथै संक्रमितको संख्या १७ लाख ६८ हजार ४६१ पुगेको छ । ४ लाख ९८ हजार ७२५ जना निको भएर घर फर्केका छन् भने १७ हजार २०२ जना गम्भिर अवस्थामा रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार