Skip This
  • २०७७ कार्तिक ६ बिहीबार

दलित भएकै कारण १७ वर्षिया युवतीको परिवारबाटै हत्या

उदयपुरको कटारी मा २ वर्ष अघि भएको युवती हत्यामा उनकै श्रीमान र परिवार संलग्न भएको खुलासा भएको छ।  कटारी नगरपालिका ४ सिम्लेमा उदयपुरगढी ५ बाहुनीटारकी १७ वर्षिय संगिता विश्वकर्मालाई उनकै श्रीमान युवराज कार्की , ससुरा नैन बहादुर कार्की र देवर सुजन कार्कीले दलित भएकै कारण परिवारै मिलेर युवतीको हत्या गरेको रहस्य खुलेको हो । 

विश्वकर्माको २०७४ कार्तिक १४ गते सिम्लेस्थित जंगलमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । सो घटनाको लामो अनुसन्धानपश्चात प्रहरीले हत्या भएको भन्दै गएको मंसिर २२ देवर सुजन कार्कीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले बताए ।

कटारीबाटै सुजनलाई नियन्त्रणमा लिएर गरिएको अनुसन्धानको क्रममा बुवा नैनबहादुर र दाजु मृतकका श्रीमान युवराज कार्कीलाई काठमाडौंको कपनबाट गत मंसिर २३ गते पक्राउ गरेको डिएसपी केसीले बताए  ।
‘‘सुजनलाई पक्राउ गरेपछि अन्य दुईजना काठमाडौंमा रहेका खुल्नासाथ पक्राउ गर्न सफल भयौं,’ डिएसपी केसीले भने, ‘‘फरार तीनैजना पक्राउ गर्न नियमित अनुसन्धान गरिरहेका थियौं।’ त्यसक्रममा युवराजले विवाह गरी ल्याएकी संगीता दलित रहेको थाहा पाएपछि परिवार नै मिलेर हत्या गरेको खुलेको पनि प्रहरीले जनाएको छ। 

फोन सम्पर्कबाट आपसमा सम्बन्ध जोडेका युवराज र संगिताले भागी बिवाह गरेका थिए  ।

घटनाबारे थप अनुसन्धान भईरहेको जनाउँदै डिएसपी केसीले आईतबार तिनै जनालाई  पुर्पक्षका लागि जिल्ला अदालतमा पेश गरिएको पनि जानकारी दिए । जिल्ला अदालतले आईतबार नै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको पनि प्रहरीले जनाएको छ ।

२ वर्ष अघि नै मृतक परिवारले प्रहरीमा जाहेरी दिएको समेत प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले २ वर्ष लामो अनुसन्धानपछी हत्या भएको निष्कर्षका साथ उनीहरुलाई नियन्त्रणमा लिएको हो ।  

नियमित अनुसन्धानले पक्राउ गर्न सफल : प्रहरी 

घटनापश्चात फरार रहेका तीनजनालाई प्रहरीले दुई वर्षपछी पक्राउ गर्न सफल भएको हो । घटना घटेको समयमा प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठ रहेका थिए । त्यसपछी डिएसपी मेघराज अधिकारी र धु्रव श्रेष्ठले ईलाका प्रहरी कार्यालय कटारीको जिम्मेवारी सम्हालेका थिए । यसबीचमा फरार रहेका तीनजनालाई पक्राउ गर्न हालका कार्यालय प्रमुख डिएसपी प्रेमसागर केसीले नियमित अनुसन्धान पछी उनीहरुलाई पक्राउ गर्न सफल भएका हुन् ।


घटनापश्चात भारतको दार्जिलिङ्ग पुगेका उनीहरु त्यसपछी नेपाल आएका थिए । सुराकीका आधारमा दुईवर्षपछी उनीहरुमध्ये सुजन कार्की आएको सुराकीका आधारमा पत्ता लागेपछी कटारीमा उनलाई पक्राउ पश्चात नैनबहादुर र युवराजलाई काठमाडौंको कपनबाट पक्राउ गरिएको डिएसपी केसीले बताए ।


पक्राउ गर्नका लागि ईलाका प्रहरी कार्यालय कटारीबाटै प्रहरी खटाईएको थियो । ९ महिनाअघि कटारीको जिम्मेवारी सम्हालेका डिएसपी केसीले जिम्मेवारी सम्हालेसँगै यस घटनालाई नियमित अनुसन्धानमा रहेका कारण पक्राउ गर्न सफल भएको बताए ।‘कटारीमा आउनुसाथ परिचय कार्यक्रममै यो घटना रहस्यमय रहेको गुनासो आएपछी घटनालाई गम्भिर रुपमा अनुसन्धानमा लागेका थियौं ।’डिएसपी केसीले –‘अन्तत अनुसन्धानको केहि समयपछी पक्राउ गर्न सपmल भयौं ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार