• २०७६ मङ्सिर २९ आइतबार

साग पुरुष फुटबल : नेपाल र भारत अलग अलग समूहमा

नेपालको पहिलो प्रतिद्वन्दी बंगलादेश

काठमाडौँ, 
नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल समूह ’ए’ मा परेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार सार्वजनिक गरिएको खेल तालिका अनुसार नेपाल समूह ’ए’ मा परेको हो ।

नेपालको समूहमा बंगलादेश र भुटान रहेको छ । अर्को समूह भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् । साविक विजेता समेत रहेको नेपालले बंगलादेशसँग खेल्दै सागको सुरुवात गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल डिसेम्बर १ मा हुनेछ । यस्तै डिसेम्बर ५ मा नेपालले भुटानसँग  खेल्नेछ ।

समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छ । सागको पुरुष फुटबल दशरथ रंगशालामा हुनेछ । यस्तै महिलातर्फ नेपालले पहिलो खेल श्रीलंकासँग डिसेम्बर ३ मा खेल्नेछ ।

दोस्रो खेलमा डिसेम्बर ५ मा नेपालले माल्दिभ्ससँग खेल्नेछ । नेपालले डिसेम्बर ७ मा अन्तिम लिग खेल भारतसंग खेल्नेछ । राउण्ड रोविन लिगका आधारमा शीर्ष दुई टिमले फाईनल खेल्नेछ । सागको महिला फुटबलमा चार टिमले मात्र खेल्नेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार