• २०७६ मङ्सिर ३० सोमबार

महराको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश

काठमाडौँ, 
पूर्वसभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा दिएको निवेदनको सुनुवाइ गर्दै ‘कैफियत’ प्रतिवेदन झिकाउन उच्च अदालतले आदेश दिएको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौँले कात्तिक १८ गते पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । महराले उक्त आदेशको विरुद्द बिहीबार उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए ।

महराको निवेदनको सुनुवाइ गर्दै उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जिल्ला अदालतले आदेश दिँदाको आधार र सक्कल मिसिल पठाउन आदेश दिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार