• २०७६ मङ्सिर २९ आइतबार

आफैले पारेको लाइटरले घर जल्दा उदयपुरमा एक बालकको मृत्यु

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १६ मा रहेको एक घरमा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ।

 स्थानीय चन्द्रबहादुर राईको घरमा आगलागी हुँदा उनका ४ वर्षीय छोरा विष्णु बहादुर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो ३ बजे घरमा कोही नभएको बेला आगलागी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरि कृष्ण केसीले जानकारी दिएका छन् ।

तीन बालबालिका घरमा खेलिरहेका बेला विष्णुले लाइटर बालेपछि आगलागी भएको डिएसपी केसीले बताए । केसीका अनुसार आगो लागेपछि अन्य दुई जना भाग्न सफल भएको तर विष्णु लडेर चोट लागेपछि भाग्न नसक्दा उनको आगोमा परि ज्यान गएको हो ।

विष्णुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर राखिएको छ। आगो स्थानीयवासीले निभाएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार