• २०७६ मङ्सिर २९ आइतबार

१३ औँ सागमा दुबो फेर्दै, खेलाउँदै गरिने

पोखरा, 
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) आउन १० दिनमात्रै बाँकी छ, तर महिला फुटबल हुने रंगशालामा भने बिहीबारबाट बल्ल दुबो फेर्न थालिएको छ । पोखरा रंगशाला निर्माण गरिरहेको ठेकदार कम्पनीले कृत्रिम घाँसेमैदान (एस्ट्रो टर्फ) बनाउन गिट्टी बिछ्याइसकेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रकृतिक घाँसै मैदान बनउने निर्णय गरेको थियो । त्यसबेला नै सागका लागि पोखरा रंगशाला तयार हुनेमा प्रश्न उठेको थियो । त्यसमाथि भारतबाट ल्याएर सारिएको अधिकांश दुबो मरेपछि नयाँ समस्या सुरु भयो ।

साग सुरु हुन १० दिनमात्रै बाँकी हुँदा बिहीबार बल्ल भारतबाट नयाँ दुबो आइपुगेको छ । बिहीबार नै नेपाल प्रहरीको सहयोगमा दुबो फेर्ने काम सुरु भएको छ । तर नयाँ दुबो बिच्छ्याउनासाथ मैदान खेलका लागि उपयुक्त जानकारहरू बताउँछन् । मैदानमा दुबो रोपेको २ हप्तामामात्रै खेलका लागि उपयुक्त हुने प्राविधिकको भनाइ छ । जबकी खेल सञ्चालन हुन अब करिब एक हप्तामात्रै बाँकी छ ।

१३ औँ सागको स्थानीय व्यवस्थापन तथा सहजीकरण समिति पोखराका सदस्य राजेश गुरुङ भने यसले खेलका लागि कुनै असर नपर्ने दाबी गरे । थप दुबो ‘स्ट्यान्डबाई’ राखेर भएपनि पोखरामा महिला फुटबल गराउने उनले बताए । बिहीबार रंगशाला निरीक्षणमा निस्किएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोलीलाई बिफ्रिङ गर्दै गुरुङले भने, ‘साग महिला फुटबल सार्न चलखेल भइरहेको छ । हामी त्यसो हुन दिन्नौँ ।’

प्रत्येक खेलपश्चात् रातभर दुबो फेरेर भए पनि पोखरामा नै महिला फुटबल खेलाउने उनले बताए । रंगशाला पुननिर्माणको जिम्मा भारतको ग्रेट स्पोर्टस इन्फ्रा (जिएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले पाएको छ । मैदानका लागि दुबो पनि भारतबाटै ल्याइएको हो । कलकत्ताबाट ल्याइएको बर्मुडा दुबो ‘माटोसहित विदेश पठाउन नमिल्ने’ भारतीय नीतिका कारण भन्सारमा करिब एक हप्ता रोकिएको थियो ।

त्यहीँबाट ल्याइएका दुबोमा खराबी देखिएको जेभीका प्रोजेक्ट म्यानेजर इन्जिनियर दीपक बरालले जानकारी दिए । पटकपटक गरी अहिलेसम्म करिब ८६ हजार स्क्वायर फिट दुबो बिच्छ्याइसकिएको छ । तर, अधिकांश दुबो सुकेपछि पुनः नयाँ दुबो राख्ने काम सुरु भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार