• २०७६ मङ्सिर २९ आइतबार

एनसेलले २१ अर्ब १० करोड मात्रै तिर्नुपर्ने, पुर्णपाठ सहित

काठमाडौँ, 
सर्वोच्च अदालतले एनसेलको सेयर स्वामित्व खरिद बिक्री भएवापत अब २१ करोड १० अर्ब रुपैयाँमात्र पूँजीगत लाभकर तिर्नुपर्ने फैसला गरेको छ । एनसेल लाभकर विवादामा सर्वोच्च अदालतले पूर्णपाठ सार्वजनिक गरेसँगै एनसेलले करिब १८ अर्ब रुपैयाँ छुट पाएको सार्वजनिक भएको हो ।

बिहीबार प्राप्त फैसलाको पूर्णपाठअनुसार एनसेलले पूँजीगत लाभकरवापत २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५ सय ६५ रुपैयाँ कर तिर्नुपर्नेछ । पाँचजना न्यायाधीशको वृहत् इजलासमध्ये एकजना न्यायाधीश सुष्मलता माथेमाले उक्त फैसलामा फरक मत राखेकी छन् । ठूला करदाता कार्यालयले एनसेलका लागि तोकेको ६२ अर्ब ६३ करोड रूपैयाँ कर निर्धारण नै उचित भन्दै उनले फरक मत राखेकी हुन् । तर तेजबहादुर केसीसहित अन्य चारजना न्यायाधीशले भने कर घटाउने कुरामा सहमति जनाउँदै फैसलामा हस्ताक्षर गरेका छन् ।  

एनसेलले यसअघि २३ अर्ब ५७ करोड रूपैयाँ बुझाइसकेको छ । बाँकी रकम बुझाउन इन्कार गरेको एनसेल त्यसपछि सर्वोच्च पुगेको थियो । यो करमध्ये बाँकी ३९ अर्ब ६ करोडमा जरिवाना मात्रै १७ अर्ब ९५ करोड देखिएको छ । 

यस्तो छ सर्वोच्चको फैसलाको पूर्णपाठ

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार