• २०७६ मङ्सिर ३० सोमबार

नवनियुक्त सामान्य प्रशासनमन्त्री भन्छन् 'स्थानीय तहमा आर्थिक अनियमितता देखिएको छ'

काठमाडौँ, 
नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदय त्रिपाठीले कार्यभार ग्रहण गरेका छन् । राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै नवनियुक्त मन्त्री त्रिपाठीले सिंहदरबार स्थित कार्यालयमा कार्यभार ग्रहण गरेका हुन् ।

कार्यभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले आफ्नो पहिलो प्राथमिकता स्थानीय तहमा आर्थिक अनियमितता देखिएको र त्यसलाई व्यवस्थित गर्नु रहेको बताएका छन् । स्थानीय तहमा जनप्रतिनिधि पनि नयाँ र कर्मचारी पनि नयाँ रहेकाले ठुलो मात्रामा गएको रकम पारदर्शी रूपमा खर्च हुन नसकेको अवस्था रहेको उनको भनाई छ ।

यस्तै संसदीय समितिमा अल्झिएको सङ्घीय निजामती ऐनलाई निष्कर्षमा लैजाने तथा कर्मचारी समायोजनको काम पूरा गर्ने कुरा आफ्नो प्राथमिकतामा रहेको मन्त्री त्रिपाठीले बताए । नवनियुक्त मन्त्रीको स्वागत गर्न मन्त्रालयका कर्मचारीहरू लामबद्ध भएर उभिएका थिए ।  उनीहरू फूलमाला, फूलका गुच्छा र खादासहित लाइनमा उभिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार