• २०७६ मङ्सिर ३० सोमबार

बिहीबार सुनको भाउ घट्यो

काठमाडौँ, 
निरन्तर रुपमा उकालो लागेको सुनको मूल्य साताको पाँचौ दिन बिहीबार घटेको छ । बुधबार प्रतितोला ७२ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा एक सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । त्यस्तै बुधबार तेजाबी सुन प्रतितोला ७१ हजार आठ सयमा कारोबार भैरहेकोमा बिहीबार तोलामा एक सयले गिरावट भएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला आठ सय ६० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार