• २०७६ मङ्सिर २९ आइतबार

अमेरिकामा नेपालीद्वारा आयोजना भएको तेस्रो विवाह मेला सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा नेपालीद्वारा आयोजना भएको तेस्रो विवाह मेला सफलतापूर्वक सम्पन्न भएको छ । 

तेस्रो पटक आयोजना गरिएको बिहे मेला यस वर्ष अझ सहभागिताको साथै मनोरञ्जन र उत्साहपूर्वक सम्पन्न भएको छ । कार्यक्रमका आयोजक विपिन राज उप्रेतीले हरेक वर्ष यसको प्रचार प्रसार बढ्दै गएकोमा हर्ष व्यक्त गर्दै यसलाई निरन्तरता दिने बताएका छन् । वेडिंग मेला (बिहे मेला) नेपाली समुदायको लागि आयोजना गरिएको भन्दै उप्रेतीले स्पष्ट गरे । गत वर्ष भन्दा अझ यस वर्ष अझ थप आवश्यक सेवा उपलब्ध गराइएकोले नेपाली समुदायहरु अभिरुचिपूर्ण रूपमा कार्यक्रम हेर्न आएका थिए ।

कार्यक्रम स्थलका प्रदर्शन कक्षमा नेपाली तथा विदेशी ब्यापारीहरुको समेतले सहभागिता जनाएका थिए । प्रदर्शनमा राखिएका खानाका प्रकारहरु चाख्नलाई निःशुल्क वितरण गरिएको थियो । त्यहाँ आएका दर्शकले खानेकुराहरुको स्वाद लिएका थिए । विवाह र सांस्कृतिक पर्वहरुका लागि आवश्यक सेवा तथा सामग्री सम्बन्धित उपभोक्तालाई सरल रूपमा उपलब्ध गराइने मेला आयोजकले जनाएका छन् ।

यस वर्ष पनि सजावटकर्ताहरु, गरगहना पसल, बेहुली सजावट तथा शृङ्गारका प्रदर्शन कक्ष, दुलहा दुलहीका कपडाका व्यापारी, नेपाली परिकारका खाना आपूर्तिकर्ताहरू, मेहन्दीवाला, लिमोजिन सवारी साधन (बिशेष कार)को व्यवस्था, नेपाली पण्डित, केक पसलका व्यापारी, बिहेका फूलहरू आपूर्तिकर्ता फोटो ९तस्बिर०तथा भिडियोग्राफरहरुको सहभागिता रहेको थियो ।

निर्मला उप्रेतीले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेकी थिइन् । ग्यालेक्सी इभेन्ट्स सोलुसनका विपिनराज उप्रेती तथा नेरिशा उप्रेती, डिजे सोलक्रीसका कृष्ण दाहाल तथा फोटो पसलका सम्पूर्ण मानन्धरको संयुक्त आयोजनामा विवाह मेला आयोजना भएको हो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार