• २०७६ मङ्सिर ३० सोमबार

बाँकी कार्यकाल ओली नै प्रधानमन्त्री, प्रचण्डलाई पार्टीको जिम्मा

मन्त्रीको टुङ्गो लाग्यो तर शपथ भोली मात्रै

काठमाडौँ, 
नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधिसभाको बाँकी कार्यकालसम्म प्रधानमन्त्री केपी शर्मा ‌ओली नै निरन्तर हुने निर्णय गरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भने कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ ।

यो कार्य विभाजन पछि पनि उनीहरुको मर्यादाक्रम भने यथावत नै रहने बैठकपछि प्रवक्ता नरायणकाजी श्रेष्ठलेजानकारी दिए । उनले बैठकको निर्णयबारे अघि भने, ‘अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने, अध्यक्ष प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुनुहुनेछ । बैठक संयुक्त अध्यक्षतामा सञ्चालित हुनेछ । आम रुपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्नुहुनेछ ।’

नयाँ कार्यविभाजन अनुसार वरियता भने दुई अध्यक्षको वरियता समान हुनेछ । त्यस्तै, आपसी समझदारीका आधारमा निर्णय लिने पनि निर्णय भएको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार