• २०७६ मङ्सिर ३० सोमबार

नेपालको सिमा जगाउनको लागी तताउने गीत “गोर्खालीको शान“ (भिडियो सहित)

काठमाडौँ, 
नेपाली गीत सङ्गीतहरूमा मातृभूमि प्रति समर्पित गीत कम मात्रामा आइरहेको अवस्थामा देश प्रति समर्पित गीत “गोर्खालीको शान “को भिडियो सार्वजनिक भएको छ  ।

गोखार्लीले गरेको योगदान र पुर्खाले गरेको बलिदानबाट बनेको विशाल नेपालको गरिमालाई उच्च मुल्याङकन गर्दै गीतमा देश प्रतिको मायालाई समेटिएको छ । सार्वजनिक गीतमा गायक कृष्ण के सी र गायिका सोनु घिसिङको आवाजमा रहेको गीत बजारमा आए सँगै चर्चाको शिखरमा रहेको छ  ।

सुवास जिसीको शब्द तथा कृष्ण केसीको सङ्गीतमा तयार पारिएको गीतमा देश प्रतिको माया र स्नेहलाई समेटिएको छ । विदेशीको हस्तक्षेपबाट नेपालको भूमि गुम्न नदिनको लागी गीतले नेपालीलाई एकजुट हुन आग्रह गरेको छ । गीतमा सुवास जिसीको छायाङ्कन, पवित्रा जिसीको सम्पादन तथा सुवास जिसीको निर्देशन रहेको छ  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार