• २०७६ मङ्सिर २९ आइतबार

त्रिवि क्रिकेट मैदानमा भारतीय क्रिकेटर सचिनले खेले क्रिकेट, सचिनको टोली विजयी

काठमाडौँ, 
शनिबार त्रिवि क्रिकेट मैदानमा भारतीय क्रिकेटर सचिन तेन्दुलकरले बालबालिकाहरुसँग क्रिकेट खेलेका छन् । भारतीय क्रिकेटर सचिन तेन्दुलकरले नेपाली क्रिकेट र नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान विनोद दासको नेतृत्वमा रहेको बालबालिकाको टिमबीच मैत्रीपूर्ण खेल भएको हो ।

युनिसेफको आयोजनामा शनिबार कीर्तिपुरमा भएको खेलमा सचिनको टिम विजयी भएको छ । शनिबार भएको १० ओभरको खेलमा सचिनको टिम ब्लुले विनोदको रेडमाथि ६ विकेटको जित निकालेको हो । विनोदको टिमले दिएको ४६ रनको लक्ष्य सचिनको टिमले ८ ओभरमा पूरा गरेको थियो । खेलमा सचिनले ७ रन मात्र बनाएका थिए ।

दुवै टिममा विभिन्न स्कुलका विद्यार्थी खेलाडीले खेलेका थिए । टिम ब्लुको कप्तानी सचिनले र टिम रेडको कप्तानी विनोदले गरेका थिए । सचिनले खेलपछि कीर्तिपुरमा आयोजित एक कार्यक्रममा नेपाल क्रिकेट फ्यानको प्रशंसा समेत गरे ।

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) को कार्यक्रममा तेन्दुलकर शुक्रबार राति साढे १० बजे नेपाल आएका थिए । बालअधिकार वकालतका लागि मैत्रीपूर्ण क्रिकेट शनिबार आयोजना गरिएको हो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार