• २०७६ मङ्सिर ५ बिहीबार

यस्ता छन् तनाव नियन्त्रण गर्ने आयुर्वेदिक उपचार

तनाव हाम्रो शरीरमा हुने एक सामान्य प्रक्रिया हो । जब हामी कुनै संकटमा हुन्छौं तब हाम्रो मानसीक सन्तुलन बिग्रन्छ र हामी थकान, रिस र खानामा अरुची हुने र एक्लै बस्न मन लाग्छ । तनावसंग जोडिएको चुनौतिको सामना पनि एक हदमा पुगेपछि त्यही तनाबले शरीरिक स्वास्थ्यमा गम्भीर प्रकारका समस्या निम्त्याउँछ ।  तनाव कम गर्न आयुर्वेद उपचार पद्धतिमा पनि विधिहरु छन् । 

मानसिक, भावनात्मक र शारीरिक लगायत अलग अलग किसिमका तनाबलाई अलग अलग प्रकारले उपचार गर्नुपर्ने आयुर्वेदमा उल्लेख छ । आयुर्वेदका अनुसार मानसिक तनाव मस्तिष्कको चाहिने भन्दा बढि प्रयोग र दुरुपयोग गर्या भने हुन्छ । यदि तपाईं धेरै समय आवश्यक भन्दा बढि कम्प्युटरमा बस्नु भयो भने मानसिक कार्य क्षमता, शक्ति र मस्तिष्कसँग जोडिएको प्राणवायु तत्वमा असन्तुलन पैदा हुन्छ ।


के के हुन् तनावका लक्षण ?

मानसिक लक्षण

- स्मरणशक्तिमा समस्या

- एकाग्रतामा कमी

- कुनै कुरा ठम्याउन समस्या

- नकरात्मक सोचमा वृद्धि 

-निरन्तर चिन्ता

- भावनात्मक लक्षण

 व्यवहारमा परिवर्तन 

- छटपटी  र अनियन्त्रित रिस

- बेचैनी र विश्राम गर्न नसक्ने 

- सँधै हारेको अनुभव

- एक्लोपनको महशुस 

- डिप्रेसन वा वितृष्णा बढ्नु 

- शारीरिक लक्षण

पिडा वा दुखाईको अनुभव

- कब्जियतको समस्या

- चक्कर वा कमजोर महशुस

- यौन रुची घट्नु

- निरन्तर चिसो लाग्नु 

- खानामा अरुची तथा खाएको कुरा अपच हुनु 

- मुटुको चाल बढिरहनु

स्वभावसंग जोडिएको लक्षण 

- आवश्यकभन्दा कम की बढि खाने र सुत्ने ।

- अरुसंग धेरै नबोल्ने र बोलेमा अनाबश्यक झर्किने । 

- आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्ने ।

-  आरामको लागी मदिरा, चुरोट या अन्य नशालु पदार्थको सहारा लिने ।

- कसरी छुटकारा पाउने ?

 नकरात्मक सोचलाई त्याग्नुहोस्

- मदिरा, चुरोट या अन्य नशालु पदार्थको सहारा नलिनुहोस् 

- ठुला ठुला निर्णय नगर्नुस र अरुसँग सल्लाह माग्नुहोस्

- दैनिक कम्तिमा ८ घण्टा सुत्नुहोस् 

- रातको १० बजे अगाडी निदाउने प्रयास गर्नुस् । 

के के आयुर्वेदिक औषधि सेवन गर्ने त ?

दैनिक गाईको तातो दुधमा कम्तिमा ५ दाना बदाम मिलाएर पिउनुुस् वा मह र १ ग्राम कालो मरिच घोलेर दैनिक २ पटक पिउनुस् ।

निधारमा नीमको पात वा अदुवासंग दुध मिसाएर बनाइएको लेप लगाएर कम्तिमा १ घण्टा दैनिक उत्तानो परेर निदाउनुस् ।

क्षीरबाला तेल, धन्वन्तरी तेल वा नरिवलको तेलले पुरै शरीर मालिस गर्नुस् ।

दैनिक खानासंग लस्सीमा ग्लुकोज मिसाएर पिउनुस् ।

तनाव बढेको महशुस गर्नुभयो भने अंध्यारो कोठामा गएर करिब आधा घण्टा विश्राम गर्नुस ।

तपाईं तनाव कम गर्न आजै देखि आफ्नो खानपान र दैनिक अभ्यास माथि भने अनुसार गर्नुस् ।

यदि संधै तनावलाई बोकेर हिंड्नुभयो भने मुटु रोग, पेप्टिक अल्सर, क्यान्सर  लगायत गम्भीर प्रकारको मानसिक रोगले तपाइँलाई सताउने निश्चित छ । हाम्रो डक्टर न्यूज

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार