• २०७६ मङ्सिर ३० सोमबार

रुप ज्योतिलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौँ, 
काठमाडौँ जिल्ला अदालतले उद्योगी एवं पूर्व अर्थसहायक मन्त्री रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश दिएको छ ।

ठगी मुद्दामा बिहीबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका दुवैलाईअदालतले शुक्रबार हिरासतमा राखेर अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौँलाई अनुमति दिएको हो ।

‘ठगी मुद्दामा अनुसन्धान गर्न अदालतले तीन दिनको समय दिएको छ,’ परिसर प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले भने। डीएसपी बोगटीले अदालतको आदेशपछि आरोपीविरुद्धको उजुरीमा अनुसन्धान अगाडि बढाइने बताएका छन् ।

१ करोड ३६ लाख रुपैयाँ ठगी गरेको अभियोग ज्योतिमाथि लागेको छ। उनी प्रतिष्ठिच व्यापारिक घराना ज्योति एन्ड कम्पनीका सदस्य हुन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार