• २०७६ मङ्सिर २४ मंगलबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री र यतीको जहाज ठोक्कियो

श्री एयरलाइन्स र यति एयरलाइन्स एक आपसमा ठोक्किएको छ । केही समय अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई जहाज ठोक्किएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए ।

प्रवक्ता तिवारीका अनुसार विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको हो । 

श्री एयरलाइन्सको सीआरजे ७०० र यति एयरलाइन्सको एटिआर ७२ एक आपसमा ठोक्किएका हुन् । ठोक्किँदा दुवै एयरलाइन्सको जहाजमा सामान्य क्षति भएको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार