मेला हेर्न गएका कार्यपालिका सदस्य मृत फेला

बैतडी,
मेला हेर्न गएका पुचौडी नगरपालिकाका कार्यपालिका सदस्य मृत फेला परेका छन् । कार्यपालिका सदस्य रहेका पुरचौडी नगरपालिका–३ का ४५ वर्षिय गणेश पार्की मेला हेर्न पुरचौडी नगरपालिका–१ हाट गएका थिए ।
मेला हेरेर घर फर्किदै गरेका पार्की पुचौडी नगरपालिका १ मन्दिर नजिकै मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । पार्की पुरचौडी नगर कार्यपालिका सदस्य रहेको पुरचौडी नगरपालिका उप मेयर जानकी ऐरले बताइन् ।
प्रतिकृया दिनुहोस