• २०७६ मङ्सिर ५ बिहीबार

दोस्रो दिन एमसीसीलाई विशाल अग्रता

काठमाडौँ, 

मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपालसँगको तीन दिवसिय प्रथम श्रेणी क्रिकेटमा ३ सय २ रनको अग्रता लिएको छ । त्रिवि खेल मैदान किर्तिपुरमा दोस्रो दिनको खेल सकिँदा दोस्रो इनिङमा एमसीसी २१ ओभरमा ९१ रन २ विकेटको बलियो अवस्थामा छ ।

उसका टम वेस्ट्ली १७ रनमा अविजित छन् । पवन सरार्फले ११ औं ओभरमा करण केसीबाट क्याच गराउँदै ओपनर विल रोड्सलाई ३० रनमा आउट गरे । १७ औं ओभरमा ललित नारायण राजवंशीले बिली गोडलम्यानलाई ३९ रनमा एलबी डब्लू आउट गर्दै पेभिलिएन फर्काए । त्यसअघि विहीबारनै पहिलो इनिङमा नेपाल ४४ दशमलव ४ ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो । लेग स्पिनर सन्दीप लामिछानेले ३९ रनमा अविजित रहे । अन्तिममा सन्दीपले २१ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै खेललाई रोमान्चक बनाएका थिए ।

अन्तिम विकेटका लागि सन्दीप र ललित नारायण राजवंशीबीच ४२ रनको साझेदारी भएको थियो । विनोद भण्डारीले ३६ रन जोड्दा सोमपाल कामीले २६ रनको योगदान दिए । विनोदले ५ र सोमपालले ४ चौका प्रहार गरे । खराव सुरुवात गरेको नेपाललाई विनोद भण्डारी र सोमपाल कामीले छैटौ विकेटका लागि ७५ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ उकासे ।

त्यसअघि एमसीसी पहिलो इनिङमा ३ सय ६४ रनमा अल आउट भएको थियो । उसका यासिर अराफात ६५, विल रोड्स ७३, माइल्स हमान्ड ५२, विल भानडसपार ५३ र टम वेस्ट्लीले ३९ रन जोडेका थिए । नेपालका सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए । सोमपाल कामी र करण केसीले २–२ विकेट लिए । तेश्रो तथा अन्तिम दिनको खेल शुक्रबार हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार