• २०७६ मङ्सिर २४ मंगलबार

सुटिङ अगावै ‘प्रेमगीत ३’ को मोसन टिजर रिलिज

यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘प्रेमगीत ३’ को मोसन टिजर सार्वजनिक भएको छ । कात्तिक २२ गतेबाट फ्लोरमा निस्कन लागेको फिल्मको टिजर पोस्टरमा चकलेटी ब्वाई प्रदीप खड्का फिचर्ड छन् । उनलाई योद्धा अवतारमा देख्न सकिन्छ ।

आसुशेन फिल्मस्को ब्यानरमा बन्न लागेको फिल्ममा छेतेन गुरुङ र सन्तोष सेनको संयूक्त निर्देशन रहेको छ । सिनेमा २२ कार्तिकदेखि छायाँकनमा जाँदैछ। निर्देशक गुरुङ र मन्दीप गौतमको लेखन रहेको सिनेमामा प्रदीपको अपोजिट क्रिष्टिना गुरुङले डेब्यु गर्दैछिन्।

छायांकन अगावै आउँदो चैत २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको ‘प्रेमगीत ३’ मा प्रदीपले तेस्रो पटक ‘प्रेम’ को भूमिका निभाउँदैछन् । भने, यसपटक ‘गीत’ को भूमिकामा नव-अभिनेत्री क्रिस्टिना गुरुङ देखिँदैछिन् ।

सिनेमामा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको अभिनय रहनेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार