• २०७६ मङ्सिर ३० सोमबार

निगमले २ अर्व १७ करोड रुपैयाँ बचत गर्ने

काठमाडौँ, 
नेपाल वायुसेवा निगमले नेपाल एयरलाइन्सबाट विभिन्न उपाय लगाएर एक वर्षको अवधिमा २ अर्व १७ करोड रुपैयाँ बचत गर्ने बताएको छ । निगमले बुधवार काठमाडौँमा असोज महिनासम्म भएका कामकारबाही बारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरी सेवामा सुधार र खर्चमा कटौती गरी २ अर्व बचत गर्ने जनाएको हो ।

सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले खास गरी खर्च कटौती र गन्तव्य बिस्तारका माध्यमबाट उक्त बचत हुने आकलन गरिएको बताए । अध्यक्ष खरेलका अनुसार जहाजले अतिरिक्त इन्धन बोकेर हिँड्न नपर्ने गरी व्यवस्थापन मिलाइएकाले किटको मूल्य कटौती गर्न सघाउ पुग्ने छ । अर्कोतर्फ रुट व्यवस्थापनका माध्यमबाट पनि खर्च कटाइएको उनको भनाई छ । त्यस्तै इन्जिनियरिङ विभागका माध्यमबाट धेरै काम स्वदेशी जनशक्तिबाटै हुन थालेकाले पनि खर्च घटाउन भूमिका खेल्ने दाबी गरे ।

निगमले एक वर्षको अवधिमा ठुलो जहाजमा १५ जना पाइलट तयार पारेको पनि बताएको छ । जापान उडान क्रमशः नाफामा जाने क्रममा रहेको र अन्य गन्तव्यमा निगम नाफामै उडेको उनले बताए । त्यस्तै  निगमले आगामी मार्चसम्म जापानको नारिता, साउदीको रियाद र चीनको ग्वाङ्झाउ उडानको तयारी रहेको उनले बताए । उनले नेपालका तर्फबाट सबै तयारी पूरा भए पनि सम्बन्धित मुलुकका कारण उडान पछाडि सरिरहेको जानकारी दिए ।

त्यस्तै निगमले लामो समयपछि ३/४ वटा भिभिआइपी उडानहरू गर्न सफल भएको, जापानको नारिता विमानस्थलमा विगतमा चार्टर उडान मात्र हुने गरेको र अहिले पहिलो पटक व्यापारी उडान गरेको दाबी गरेको छ । निगमले आपतकालिन उद्धारका लागि पनि विभिन्न किसिमका अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको प्रविधि र सेवाको विस्तार गरेको बताएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार