• २०७६ मङ्सिर २४ मंगलबार

कलेजले लिएको अवैध शुल्क फिर्ता गर्न माग राख्दै माइतीघरमा विद्यार्थीको प्रदर्शन

काठमाडौँ, 
चिकित्सा शिक्षा सङ्घर्ष समितिले मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । मेडिकल कलेजले बढी शुल्क लिएको विरोधमा आन्दोलनमा रहेका मेडिकल कलेजका विद्यार्थीहरूले सरकारले मोफसलबाट आफूहरूको माग नसुनेको भन्दै मङ्गलवार माइतीघर मण्डलमा प्रदर्शन गरेको जनाएका हुन् ।

सरकारले तोकेको भन्दा बढी रकम लिएका मेडिकल कलेजले फिर्ता गर्न सरकारले दिएको निर्देशन पनि अटेर गरेको, निर्देशन नमान्ने कलेजलाई सरकारले कारबाही पनि गर्न नसकेको भन्दै विरोध प्रदर्शनमा उत्रिएको आन्दोलनरत विद्यार्थीहरूले बताएका छन् । उपत्यका भित्र र बाहिरका लागि सरकारले तोकेको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने र कार्यान्वयन नगरेसम्म सङ्घर्ष जारी राख्ने चिकित्सा शिक्षा सघर्ष समितिका संयोजक प्रकाश चन्दले जानकारी दिए ।

काठमाडौँमा प्रदर्शनका लागि चितवन मेडिकल कलेज, जानकी मेडिकल कलेज, नेशनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेजलगायतका विद्यार्थी काठमाडौँ आइपुगेका हुन । विद्यार्थीहरूको आन्दोलनका कारण बुधवारदेखि हुन लागेको एमबीबीएस र बीडीएसको परीक्षा पनि स्थगित भएको छ । आइओएमले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरेको जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार