• २०७६ मङ्सिर ५ बिहीबार

टिपरलाई लाग्यो नयाँ नियम, १५ दिन भित्रमा कार्यान्वयनमा ल्याउनुपर्ने

काठमाडौँ, 
देशैभर सञ्चालन हुने टिपरका लागि नयाँ नियम लागु हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा सम्बन्धित यातायात व्यवसायीहरुसँग सोमबार भएको छलफलबाट नयाँ नियमको व्यवस्था गरिएको महानगरीय ट्राफिक महाशाखाका प्रमुख भिम ढकालले बताए ।

उनका अनुसार सबै टिपरको अगाडी सिसामाथि सजाएर राखिएका विभिन्न झल्लरी हटाउनु पर्नेछ, ठूलो आवाजमा गीत, संगीत सुन्न राखिएका वुफर हटाउनु पर्नेछ, लुकिङ ग्लास पनि व्यवस्थित तरिकाले राखिनु पर्ने तथा अगाडी/पछाडी दुवै तर्फ स्पष्ट रुपमा देखिने गरि नम्बर प्लेट राख्नु पर्ने छ । नयाँ नियम १५ दिन भित्रमा कार्यान्वयनमा ल्याउने महाशाखाले जनाएको छ ।

त्यस्तै काठमाडौं–सिन्धुपाल्चोक रुटमा सञ्चालन हुने हेलम्बु यातायातको सम्पूर्ण गाडीको छत राखिएको हुड पनि हटाइने भएको छ । गाडीको हुडमा यात्रु चढ्ने तथा सामान राख्ने गर्दा सवारी साधन अनियन्त्रित भई दुर्घटना हुने गरेकोले हुड हटाउने निणर्य गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

त्यस्तै,महाशाखाले सोमबार नै विभिन्न स्थानबाट चोरी भएका २२ ओटा मोटरसाइकल र एउटा गाडी सम्बन्धित सवारी धनिलाई बुझाएको छ । भने साउन देखि अहिलेसम्म ९२ ओटा चोरीका सवारी साधन नियन्त्रन गरेर धनिलाई बझाएको तथा २५ जना चोरहरुलाई समातेर कानुनी कारबाही गरेको समेत महाशाखाले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार