• २०७६ मङ्सिर २४ मंगलबार

फेरि घट्यो सुनको मूल्य

काठमाडौँ,

आइतबारबाट ओरालो लागेको सुनको मूल्य मंगलबार पनि ओरोलो लाग्नेक्रममै छ ।

सोमबार तोलामा २ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ ।

आज तेजावी सुन तोलाको ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार चाँदी तोलाको ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार