• २०७६ मङ्सिर ५ बिहीबार

भुवन केसी अभिनीत फिल्म ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ,
कात्तिक २९ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको भुवन केसी अभिनीत फिल्म ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरका अनुसार भुवनलाई फिल्ममा दोहोरो भूमिकामा देख्न सकिने छ । उनले निभाएको एउटा चरित्र नेगेटिभ देखिएको छ । देव भुसालले फिल्मको निर्देशन गरेका हुन् । कथा, पटकथा र संवाद पनि उनकै हो ।  चलचित्रमा भुवन बाहेक रिमा विश्वकर्मा, विष्णु सापकोटा, रवि डङ्गोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तवलगायतका कलाकारको अभिनय छ ।

राष्ट्रियता, प्रेम र पारिवारिक कथामा आधारित फिल्ममा नीरज कँडेलको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी र प्रेमराज दाहालको लगानी रहेको छ । विदेशमा बस्ने नेपालीको देशप्रतिको माया र गाउँमा राजनीतिलाई टेकेर हुने शोषणमा फिल्म आधारित छ । निर्देशक भुसालले फिल्मले राष्ट्रियता, प्रेम र पारिवारिक कथालाई उठान गरेको बताए । फिल्म उत्कृष्ट बनेको उनको दाबी छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार