• २०७६ कार्तिक ३ आइतबार

तेह्रथुम पावरले आईपीओ निष्कासन गर्ने

काठमाडौँ, 

निजी क्षेत्रबाट प्रवद्र्धित तेह्रथुम पावर कम्पनी लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपिओ निष्कासन गर्न लागेको हो । हालै सम्पन्न साधारण सभाले अनुमोदन गरेपछि  तेह्रथुमले आइपिओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई १० प्रतिशत अर्थात् ४ करोड र सर्वसाधारणलाई ८ करोड रुपैयाँको  आइपिओ निष्कासन गर्ने भएको हो । 

७० प्रतिशत प्रवर्द्धक र ३० प्रतिशत सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।कम्पनीले तेह्रथुममा ७.५ मेगावाटको खोरङ्गाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागत १ अर्व ३७ करोड रुपैयाँ रहेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार